कांग्रेस सबैको पार्टी हो : सभापति देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएको जिकिर गरे । उनले सबै आदिवासी जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको उल्लेख गरे । उनले नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताए ।
सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया