दल

नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : नयाँ प्रवृत्तिहरू धेरै टिक्दैनन्

इकागज |
असार ३०, २०८० शनिबार १८:५१ बजे

काठमाडौँ- अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरूले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरू टिक्न नसक्ने टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

यिनीहरूले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरू धेरै समय नटिक्ने दाबी उनले गरे । उनले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठीडन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरे । 


अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरूप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रीय समितिमा गर्न चुनौती दिए । उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गरे । उनले पार्टीप्रतिको आलोचनाका कारण जनताहरू के हो कांग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको बताए । उनले पार्टीका नेताहरूको आलोचना सामाजिक सञ्जालमा नगर्न आग्रह गरे ।

मन्त्री महतले सरकार सुशासन, आर्थिक परिवर्तन, रूपान्तरणको पक्षमा रहेको बताए । उनले आर्थिक रूपान्तरण, विकासका लागि अप्ठ्यारो समयमा अप्ठ्यारो निर्णय पनि लिनसक्ने बताए ।


Author

थप समाचार
x