एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल
काठमाडौँ- नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन ।
सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया