दल

एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत

इकागज |
असार ३१, २०८० आइतबार १४:३६ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १३ जनालाई मनोनीत गरेको हो । 

बैठकले ज्वाला साह (बारा), ठाकुर गैरे (पाल्पा), लिलानाथ श्रेष्ठ (सिराहा), भगवती चौधरी (सुनसरी), पदम गिरी (पर्वत), विद्या भट्टराई (कास्की), बलराम अधिकारी (कपिलवस्तु) र चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम)लाई संसदीय विभागको सदस्य मनोनीत गरेको छ । 


त्यस्तै, अम्मरबहादुर रायमाझी (उदयपुर), सुनिता बराल (झापा), महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर) र किरणकुमार साह (रौतहट) मनोनीत भएका छन् ।


Author

थप समाचार
x