दल

एमालेको प्रचार विभागमा थपिए ११ सदस्य

इकागज |
असार ३१, २०८० आइतबार १५:९ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रचार विभागमा ११ जना सदस्य थपेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले प्रचार विभागमा ११ जना सदस्य थपेको हो । ​

एमाले उपमहासचिव रिमालले डा. महेन्द्र विष्ट, गणेश पाण्डे, दीपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई प्रचार विभाग सदस्य बनाइएको बताएका छन् ।


त्यस्तै, लालबाबु शेख, हेमन्त पौडेल, सूर्यमणि गौतम, लिलाराज भट्टराई र अक्षरी पोखरेल सदस्य मनोनीत भएका छन् । 

प्रचार विभागको प्रमुखमा राजेन्द्र गौतम रहेका छन् भने सचिवको जिम्मा गगन विष्टलाई दिइएको छ ।


Author

थप समाचार
x