कमल थापाको उद्घोष : अबको गन्तव्य संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य 'संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य' भएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित पार्टी सम्बद्ध संयोजित संगठनहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिवर्तनकारी शक्तिका रूपमा स्थापित गर्ने दृढता समेत व्यक्त गरे ।
मुलुकको सम्पूर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचार रूपी महारोगले मुलुकको सबै अङ्गलाई क्षतविक्षत पारेको समेत बताए । विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रूपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिवर्तनको डढेलोबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले न्यायालय जस्तो पवित्र ठाउँप्रति समेत जनताको भरोसा टुट्दै जानु विडम्बनापूर्ण भएको विचार व्यक्त गरे ।
थापाले काण्डै-काण्डको पिरामिडमाथि खडा भएको अहिलेको राज्य प्रणालीले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको सपना पूरा गर्न नसक्ने भन्दै मुलुक जोगाउने हो भने अब विकल्पमा जानु ढिला गर्न नहुनेमा जोड दिए ।
भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरूको आयोजनामा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासंघ (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया