दल

कांग्रेस प्रचार विभागमा तीन सदस्य थपिए

इकागज |
असार ३१, २०८० आइतबार १८:३९ बजे

काठमाडौँ- नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रचार विभागमा तीन जना सदस्य थपिएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा आइतबार तीन जना सदस्य थप गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।


लमजुङका सन्तोष न्यौपाने, कञ्चनपुरका अशोक शर्मा र रौतहटका सुमन गौतम प्रचार विभाग सदस्य भएका हुन्।

सभापति देउवाले गत जेठ १२ गते विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका थिए । यसअघि गत जेठ ३० गते प्रचार विभागमा ३९ जना सदस्य मनोनीत भएका थिए ।


Author

थप समाचार
x