भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्छ : सुजाता कोइराला
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताएकी छिन् । त्रिभुवन विश्वविद्यालय नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएकी हुन् ।
दुई मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने भएकाले सरकारले सोही अनुसारको सम्बन्ध अघि बढाउने कुरामा जोड दिनुपर्ने उनको तर्क थियो । नेतृ कोइरालाले नेपालले राष्ट्रिय हितविपरीत कुनै पनि मुलुकको बहकावमा गएर परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने पनि सचेत गराइन् ।
उनले विदेशीको प्रभावमा परेर राष्ट्रिय हितको पक्षमा नबोल्ने काम बुद्धिजीवीबाट समेत हुने गरेको पाइएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।
उनले भनिन्, ‘चीन र भारतको सम्बन्ध राम्रो बनोस् भन्ने कुराको हाम्रो प्रयास हुनुपर्छ । हामी फेरि प्रभावित भएर उनीहरूको डिस्टयान्स बढाई दिने काम हामीले गर्नु हुँदैन । हामीले दुइटा मुलुक जति नजिक हुन्छन् । जति एक हुन्छन्, नेपाललाई त्यति फाइदा छ । नेपालको विकास हुन्छ । नेपाल त सुनमा सुगन्ध भएर जान्छ । त्यसले गर्दाखेरी आफ्नो कन्ट्रीको इन्ट्रेष्ट हेर्नु पर्यो । कसैको बहकावमा हामी जानु भएन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया