दल

हवाइ यात्रामा भ्याट नलगाउन कमल थापाको आग्रह

इकागज |
साउन २, २०८० मंगलबार ८:४६ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हवाइ यात्रामा कर नलगाउन अनुरोध गरेका छन् । हवाइ यात्रामा पनि १३ प्रतिशत भ्याटलगाउने निर्णय भएपछि थापाले सो आग्रह गरेका हुन् ।  

‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो छ, त्यसमाथि यो करको भार थप्नु कदापि ठिक होईन। निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्दछु ।’ उनले साे पाेष्ट प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाईसमेत मेन्सन गरेर आग्रह गरेका छन् ।



Author

थप समाचार
x