दल

विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन्‌ बढ्‌यो : एमाले महासचिव

इकागज |
साउन २, २०८० मंगलबार १०:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन् । 

नेकपा एमालेको सरकार हुँदा विदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोडन आग्रहसमेत गरेका छन् । 


‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कु चार हो। 

उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरूले राष्ट्रिय मान्यता पाएको पार्टी आएपछि थप समस्या भएको बताएका छन् ।

‘विदेशमा गएकाहरूलाई देश फर्काउछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए तर उनीहरू राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झनै बढ्यो,’ उनले भनेका छन्, ‘के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँढिनुभन्दा एजेण्डाका आधारमा ठिक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’


Author

थप समाचार
x