नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा बुझायो आफ्ना सुझाव
काठमाडौँ- नेपाली कांग्रेस रूपान्तरण अभियानले मंगलबार पार्टी कार्यालयमा आफ्नो सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । मंगलबार रूपान्तरण अभियानका नेताहरू पार्टी कार्यालय सानेपामा पुगेर मुख्य सचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् ।
पार्टीको रुपान्तरणका लागि छलफलमार्फत निकालिएका सुझावहरू मुख्य सचिवमार्फत बुझाइएको नेता गुरुराज घिमिरेले इकागजलाई जानकारी दिए । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरणका लागि केहीसमय अघिबाट अभियान चलाएका थिए ।
पार्टीका युवा नेताले वर्तमान स्थितिमा पार्टी चल्न नसक्ने भन्दै रुपान्तरणका लागि देशव्यापी अभियान चलाएका थिए ।
देशव्यापी छलफलका क्रममा निस्केका निष्कर्षसहितका सुझाव मंगलबार पार्टी कार्यालयमा दर्ता गराएर प्रतिवेदन बुझाएका हुन् । आजैबाट कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठकमा उनीहरूले उठाएका अजेन्डामा छलफल हुने विश्वास अभियानका नेताहरूको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया