दल

के छ कांग्रेस रुपान्तरण अभियानले दिएको २१ सुझावमा ? (पूर्णपाठसहित)

इकागज |
साउन २, २०८० मंगलबार १३:१६ बजे

काठमाडौँ– नेपाली कांग्रेस रूपान्तरण अभियानले मंगलबार पार्टी कार्यालयमा बुझाएको ज्ञापनपत्रमा २१ बुँदा समेटेर  कांग्रेसको रुपान्तरणका लागि सुझाव दिइएको छ ।

उक्त सुझवहरूमा सिद्दान्तहिन चुनावी गठबन्धन नगर्ने प्रतिवद्धता जनाउनुपर्ने, भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने, संविधान संसोधनका लागि अग्रसरता लिनुपर्ने, पार्टी विधानलाई अविलम्ब संशोधन गर्नुपर्ने, पार्टी सदस्यता प्रणालीलाई खुला, सहज र पारदर्शी बनाउनुपर्ने लगायतका सुझाव रहेका छन् ।  



कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरणका लागि केहीसमय अघिबाट अभियान चलाएका थिए ।
पार्टीका युवा नेताले वर्तमान स्थितिमा पार्टी चल्न नसक्ने भन्दै रुपान्तरणका लागि  देशव्यापी अभियान चलाएका थिए ।

देशव्यवपी छलफलका क्रममा निस्केका निष्कर्षसहितका सुझाव मंगलबार पार्टी कार्यालयमा दर्ता गराएर प्रतिवेदन बुझाएका हुन् ।

  यस्तो छ, प्रतिवेदनको पूर्णपाठः
 


Author

थप समाचार
x