सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक सुरु
काठमाडौँ–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितको बैठक केन्द्रीय कार्यलयमा सानेपामा सुरु भएको छ । बैठकमा १० वटा अजेन्डामा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले सोमाबार जानकारी गराएका थिए ।
बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत, नीति अधिवेशन सम्बन्धी प्रस्ताव, विभाग गठनसम्बन्धी प्रस्ताव, एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव, प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने, सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने लगायतका अजेन्ड प्रस्तुत हुने महामन्त्री शर्माले जानकारी गराएका थिए ।
विधानमा हरेक दुईमहिनामा बैठक बस्नुपर्ने प्रावधान भएपनि विगत एक वर्षबाट बैठक बस्न सकिरहेको थिएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया