केन्द्रीय कार्यसमिति बैठक
आगामी एक वर्षमा ७ लाख सदस्य थप्ने कांग्रेसकाे लक्ष्य
काठमाडौँ– नेपाली कांग्रेसले आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेकाे छ । यसका लागि कांग्रेसले 'घरघर जाऔँ पार्टी सदस्य बनाऔँ' भन्ने अभियान सुरु गर्ने प्रस्ताव ल्याएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका हुन् । महामन्त्री थापाले आगामी ३१ असार २०८१ सम्म अभियान सञ्चालन गरेर ५ देखि ७ लाख सदस्य थप्ने प्रस्ताव पेस गरेका हुन् ।
‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ,’ महामन्त्री थापाले केन्द्रीय समितिको बैठकमा भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया