कांग्रेसका विभागहरूलाई भदौ १५ सम्ममा पूर्णता दिइसक्न महामन्त्री थापाको प्रस्ताव
काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका विभिन्न विभागहरूलाई आगामी भदौ १५ सम्ममा पूर्णता दिइसक्न प्रस्ताव पेस गरेका छन् ।
मंगबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव पेस गरेका हुन् ।
अहिले ४८ वटा विभागहरू रहेको भए पनि महामन्त्री थापाले २२ वटा विभाग थप गर्ने प्रस्तावसमेत गरेका छन् । ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ,’ उनले भने, ‘र, भइरहेका विभागहरू केही विभागहरू थप्न पनि प्रस्ताव गरेको छु ।’
विभागले हरेक ६ महिनामा आफ्नो प्रगति विवरण पनि केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्ने प्रस्ताव समेत उनले गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया