दल

प्रमुख प्रतिपक्ष आक्रामक र अधैर्य छ : रमेश लेखक

इकागज |
साउन २, २०८० मंगलबार १६:२५ बजे

काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आक्रामक र अधैर्य भएको आरोप लगाएका छन् । मंगबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा नेता लेखकले यस्तो आरोप लगाएका हुन् । 

‘सत्ता गठबन्धन परिवर्तन भयो त्यसले पनि प्रमुख प्रतिपक्ष आक्रामक छ । आक्रामकमात्रै होइन परिपक्व त छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ,’ लेखकले भने, ‘र, अरू प्रतिपक्ष आक्रामक र अधैर्य छन् । त्यसो भएकाले सत्ता गठबन्धन मात्र होइन कि प्रतिपक्षसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने छ ।’


संसदभित्र प्रभावकारी भूमिका निर्वाहका साथै सदन सुसञ्चालन गर्ने काम कांग्रेसको जिम्मेवारी भएको समेत उनले बताए । 

नेता लेखकले संसदभित्र सभापतिहरूको चयन र महत्त्वपूर्ण विधेयक पारित गर्न कांग्रेसले ध्यान दिनुपर्ने बताए । 
 


Author

थप समाचार
x