दल

केन्द्रीय कार्यसमिति बैठक

कांग्रेस केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

इकागज |
साउन २, २०८० मंगलबार १६:३० बजे

काठमाडौँ- नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ ।​ मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् ।

उनले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका छन् । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरूले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै आइ पर्न सक्ने प्राकृतिक विपदहरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।



Author

थप समाचार
x