खाण पक्राउ पर्दा गृहमन्त्रीलाई धन्यवाद दिने कांग्रेस नेताप्रति खतिवडाले जनाइन् आपत्ति
काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्दा केही कांग्रेसी नेताहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन गएको भन्दै आपत्ति जनाएकी छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै खतिवडाले खाण पक्राउ पर्दा गृहमन्त्रीलाई धन्यवाद दिन जाने नेताहरूलाई जानुको कारण सोधिन् ।
कांग्रेस सधैँ कानुनी राज्यको पक्षमा रहेको बताउँदै उनले भनिन्, ‘कांग्रेस न्यायिक सर्वोच्चता मान्छ । कांग्रेसको हरेक कार्यकर्ता कानुनी राज्यको पक्षमा उभिनुपर्छ । कांग्रेसको कुनै नेता एउटा कुनै एउटा अभियोग लागेर समातिँदा केन्द्रीय सदस्य वा नेताहरू गृहमन्त्री कहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन उहाँहरू धन्यवाद दिन पुग्नुभयो थाहा छैन । के कारणले पुग्नुभयो थाहा छैन ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया