सरकार र संगठनबीच ग्याप छ : नानु बास्तोला
काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोलाले सरकार रहेका व्यक्ति र संगठनबीच ग्याप भएको गुनासो गरेकी छिन् । बुधबारको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बास्तोलाले गुनासो पोखेकी हुन् ।
उनले भनिन्,‘सरकारमा भएका र संगठनमै ग्याप छ । जिल्ला सभापतिहरूले पनि यही कुरा राख्नुभएको छ । संगठन र पार्टीलाई मजबुत बनाउनुका लागी स्थानीय देखि केन्द्रसम्मको सरकार र पार्टीलाई कसरी जोड्ने हो ध्यान पु¥याउन पर्छ ।’
उनले व्यापकरूपमा युवा पलायन भएको कुरा जोड्दै यो रोक्न युवा लक्षित कार्यक्रम हुनुपर्ने माग राखिन् ।
साथै, उनले विज्ञानमा आधारित राजनीति हुनुपर्नेमा जाेड दिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया