दल

तरुण दलमा सबैले आफ्ना छोराछोरी हालेका रहेछन्, मेरो छोरा पनि हाल्दिनू : बुढाथोकी

इकागज |
साउन ३, २०८० बुधबार १७:५३ बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कांग्रेसको भातृ संगठन तरुण दलमा नेताहरूले आ-आफ्ना नातेदार हालेको भन्दै विरोध गरेका छन् । 

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले आफ्नो छोरा र श्रीमतीलाई पनि तरुण दलमा हालिदिन भन्दै व्यंग्य गरे ।


‘यो भातृ संगठनमा सबैले आफ्ना छोरा–छोरी हालेका रहेछन्, मेरो छोरा पनि हाल्दिनू । महिला संगठन बनाउनुहुन्छ भने मेरी श्रीमती पनि हाल्दिनू,’ उनले भने, ‘यही त रहेछ हाम्रो संगठन गर्ने पारा । यसलाई राम्रै भन्नुपर्यो । मैले थाहा पाएअनुसार हाम्रा ७ जना केन्द्रीय सदस्यका छोरा, छोरी, पिएलगायत तरुण दलमा सामेल भएका छन् ।’

तरुण दलकाे संगठन विस्तारप्रति पनि उनले विराेध गरे ।


Author

थप समाचार
x