दल

बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैनः डा. महत

इकागज |
साउन ३, २०८० बुधबार २०:७ बजे

फाइल फोटो

काठमाडौँ - अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताएका छन् । 

बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको बताए । उनले विगतमा भित्र एउटा र बाहिर अर्को हुने कुरालाई लाइभका कारण रोकिने विश्वास लिएको बताए । 


उनले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए । अर्थमन्त्री एवं काँग्रेस प्रवक्ता महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुने कुरा केन्द्रीय समितिको बैठमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए । 

पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उनले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए । 

उनले भने,  ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’


Author

थप समाचार
x