दल

कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा बेमौसमी बाजा जस्तै हो : उर्मिला नेपाल केसी

इकागज |
साउन ४, २०८० बिहीबार १२:५ बजे

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला नेपाल के.सी.ले कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको कुरा उठ्नु बेमौसमको बाजा जस्तै भएको बताएकी छिन् । बिहीबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

‘नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ,’ उनले भनिन्, ‘यो बेमौसमको बाजा जस्तो मलाई लाग्छ । किनभने भर्खरै मात्रै हामीले अधिवेशन सकेका छौँ । अधिवेशन सकेको धेरै समय भएको छै न । हामीले नेतृत्व जसलाई सुम्पिएका छौँ । विधान अनुरुप हामीले सभापति चयन भएर आएको हो ।’


उनले अहिलेको नेतृत्वलाई काम गर्ने मौका दिनुपर्ने समेत बताइन् ।  ‘हामीले काम गर्ने मौका दिनुपर्छ,’ उनले भनिन्, ‘त्यसकारण म नेतृत्व परिवर्तनको कुरालाई गम्भीर रुपमा लिन सबैलाई अनुरोध गर्छु ।’

कांग्रेसको केन्द्रीय कार्यासम्पादन समितिको बैठक मंगलबारबाट केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको छ । बुधबारबाट केन्द्रीय सदस्यले महामन्त्रीलगायतले राखेको प्रस्तावमा छलफल भइरहेको छ । बुधबार ४६ जना केन्द्रीय सदस्यले आआफ्नो भनाइ राखेका थिए । 
 


Author

थप समाचार
x