सभापतिको इच्छामा वितरण हुँदै आएको टिकट प्रणाली बदल्नुपर्छ : केन्द्रीय सदस्य सिवाकोटी
काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सभापतिको इच्छामा वितरण हुँदै आएको टिकट वितरण प्रणालीलाई बदल्नुपर्ने बताएका छन् ।
बिहीबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सिवाकोटीले टिकट वितरण कार्यकर्ता र मतदाताको सहभागितामा टुंग्याउनुपर्ने बताएका हुन् ।
‘पार्टीको तहबाट विभिन्न तहमा उम्मेदवार बनाउने बेलामा पारदर्शिता आवश्यक छ,’ केन्द्रीय सदस्य सिवाकोटीले भने, ‘कुनै पनि तहको उम्मेदवारले पैसाको बलमा टिकट पाएको आरोपको भाष्य स्थापित हुनबाट रोक्नुपर्छ । संसदीय बोर्ड, पदाधिकारी वा सभापतिको इच्छामा वितरण हुँदै आएको टिकट वितरण प्रणालीलाई अब कार्यकर्ता र मतदाताको समेत सहभगितामा टुंगाउनु पर्छ ।’
उनले टिकट वितरण गर्न मतदाताबीचको सर्वे, संसदीय बोर्डको निर्णय, कार्यकर्ताको चयन प्रक्रिया सबैलाई अंकभार दिएर त्यसका आधारमा गर्नुपर्ने धारण राखे ।
‘यसका लागि मतदाताको बीचमा गरिने सर्वेको परिणाम, कार्यकर्ताको चयन प्रक्रियाको परिणाम, संसदीय बोर्डको चयन सबैलाई अलग अलग अंकभार दिइ सबैको जोड निकाली उम्मेदवार चयन गर्न आवश्यक छ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया