दल

८० को दशकमा भ्रष्टाचार मुक्त समाज र सुशासनमा केन्द्रित हुनुपर्छ : राजेन्द्र केसी

इकागज |
साउन ४, २०८० बिहीबार १५:४४ बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीले नेपाली कांग्रेस पार्टीलाई आगामी दिनहरूमा थप प्रतिस्पर्धामा गएको र यसका लागि ८० को दशकमा भ्रष्टाचार मुक्त समाज र सुशासनमा केन्द्रित हुनुपर्ने जिकिर गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको तेस्रो दिनमा बोल्दै केसीले त्यस्तो बताएका हुन् । 


उनले भने, ‘नेपाली कांग्रेस हिजो जनताको भावनामा थियो । महामानव वीपी कोइरालाले १०४ वर्षको जहानियाँ राणा शासनको अन्त गर्ने एजेन्डामा जित हासिल गर्नुभयाे । गुमिसकेको प्रजातन्त्रको पुनःस्थापना भयो । अब के गर्ने हो  ? जनताको अन्तर्मनकाे भावनालाई नेपाली कांग्रेसले आत्मसात् गर्नुपर्छ । हामीले लोकतन्त्र पनि ल्याएका हौँ ।’ 

उनले थपे, ‘यो मुलुकमा भ्रष्टाचार मौलाएको छ । सक्रिय सदस्य बनाउँदैमा, बढाउँदैमा कांग्रेस बलियो हुन्छ भन्ने हुँदैन । हामी क्वालिटी बढाउन लागौँ ।’

उनले लिखित १० बुँदे एजेन्डामा बैठक सुरु भएको र प्रविधिको प्रयोग भएकोमा आभार समेत व्यक्त गरे ।


Author

थप समाचार
x