दल

कांग्रेस बैठकमा शाहले भने : सभापतिज्यू, म गुटको प्रत्यक्ष सिकार भएँ

इकागज |
साउन ४, २०८० बिहीबार १५:५० बजे

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सभापति राजिवविक्रम शाहले आफू गुटको सिकार भएको बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै शाहले पदाधिकारीहरू नै गुट बनाउनमा संलग्न रहेको बताए । 

गुटको प्रत्यक्ष सिकार जनता र आफू भएको गुनासो गर्दै उनले भने, ‘पदाधिकारीहरू नै गुट बनाउँछन् । यसको सिकार हामीजस्ता परिरहेका छौं । सभापतिज्यू, म प्रत्यक्ष सिकार भएँ ।’


कम्युनिष्टको गढमा आफू दुई पटक निर्वाचित भए पनि दुवै गुटको सिकार भएको उनको भनाइ छ । ‘महाधिवेशनमा लोकप्रिय मतका साथ म केन्द्रीय सदस्य भएँ । कर्णाली प्रदेशसभामा संसदीय दल नेताको आकांक्षा राखेको थिएँ, तर दिएनन्,’ उनले भने । 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज तेस्रो दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।


Author

थप समाचार
x