केन्द्रीय समितिमा शेखर कोइारालाई वरिष्ठ नेता बनाउन माग
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरिएको छ । जारी केन्द्रीय समिति बैठकमा कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरिएको हो ।
विधानतः वरिष्ठ नेता भन्ने पद नभए पनि महाधिवेशनमा निर्वाचित पार्टी सभापतिसँग पराजित नेतालाई वरिष्ठ नेता बनाउने चलन छ । आजको बैठकमा बोल्दै केन्द्रीय सदस्य चन्द्रमोहन यादवले नेता कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन माग गरेका छन् ।
उनले भने, 'पार्टीमा वरिष्ठ नेताको अभ्यास छ । विगतमा रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति भएपछि त्यो पद रिक्त छ । त्यसमा अब शेखर कोइरालालाई वरिष्ठ नेता बनाएर जानुपर्छ ।'
केन्द्रीय सदस्य भएर पार्टी सभापतिमा चुनाव लडेका कोइरालालाई पार्टी सभापति शेरबहादुर देउवाले पूर्वपदाधिकारी भन्दा पनि पछि राखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया