दल

राप्रपा नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने

इकागज |
साउन ५, २०८० शुक्रबार ७:३८ बजे

काठमाडौँ- आज काठमाडौँमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । 

संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन । 


भद्रकालिमा भेला भई न्युरोड, असन हुदैँ रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् । 

भ्रष्टचार बिरोधी तथा सुशाषनको पक्षमा, सिमा अतिक्रमण बन्द गर्नुपर्ने, बिदेशी हस्तक्षेप बन्द गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने तथा धमान्तरणको रक्षा गर्नुपर्ने मागसहित राप्रपा नेपाल सडक संघर्षमा उत्रिएको हो । 


Author

थप समाचार
x