महामन्त्रीको प्रतिवेदन एनजीओको 'विस लिस्ट' जस्तो लाग्यो : आरजु देउवा
काठमाडौँ–नेपाली कांग्रेसकी केन्द्रीय सदस्या आरजु देउवा राणाले पार्टी महामन्त्रीले ल्याएको प्रस्ताव एनजीओको विस लिस्टजस्तो भएको टिप्पणी गरेकी छिन् । शुक्रबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा बोल्दै उनले महामन्त्रीको प्रस्तावबारे यस्तो टिप्पणी गरेकी हुन् ।
‘नेपाली कांग्रेस भनेको नेपाल देशको अजेन्डा सेट गर्ने पार्टी हो,’ उनले भनिन्, ‘देश कतातिर जाने ? यहाको राजनीति कस्तो हुने ? यहाँको अर्थतन्त्र कस्तो हुने ? यहाँको समाज कस्तो हुने भन्ने अजेन्डा सेट गर्ने काम जहिले पनि नेपाली कांग्रेसले गरेको छ । तर यो पालीको महामन्त्रीको प्रतिवेदनमा त्यस्तो दुरगामी असर पर्ने वा हाम्रो देशलाई हाँक्ने जस्तो केही मैले देखिनँ ।’
उनले अगाडि भनिन्, ‘म अलि अचम्मित पनि भएँ किनभने मैले महामन्त्रीको प्रतिवेदन भनेको राजनीतिक दस्तावेज हुन्छ होला भनेको सोचेको थिएँ । तर राजनीतिक दस्तावेज भन्दा पनि एनजिओको विस लिस्ट जस्तो छ । धेरै कार्यक्रम गर्ने । तर त्यो कार्यक्रमको उपलब्धि के हो त्यो भएन ।’
उनले तीन चार वटा कार्यक्रम गर्न तर ठोस कार्यक्रम गर्न पनि सुझावसमेत दिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया