कांग्रेस बैठकमा गृहमन्त्री श्रेष्ठको आलोचना, जितजंग भन्छन्- सुनमा नाम आएको छ राजीनामा माग्न जाऔँ
काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले आफ्नो साथीको नाम आउँदा चर्को कुरा गर्नेले गृहमन्त्रीको नाम आउँदा राजीनामा माग्नुपदैन ? भनि प्रश्न गरेका छन् । शुक्रबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा बोल्दै बालकृष्ण खाणको विरोध गर्ने पार्टीका नेतालाई लक्षित गर्दै यस्तो प्रश्न गरेका हुन् ।
‘धेरै ठूलो ठूलो कुरा गर्नुहुन्छ नारायणकाजी श्रेष्ठ । सुन तस्करको कुरा आएको छ । १०० केजी सुन एयरर्पोटमा पक्राउ गरेको स्थिति छ,’ उनले भने, ‘सुन पक्राउ हुँदा गृहमन्त्रीको नाम आएको छ । माओवादी नेता कृष्ण महराको नाम आएको छ । केपी ओलीको नाम आएको छ । यो विषयमा हाम्रो साथीहरूले बोल्ने कि नबोल्ने ? नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ?’
बस्नेतले अगाडि भने, ‘हाम्रो साथीहरूको नाम आए चर्को–चर्को कुरा गर्नुहुन्छ । केही साथीहरू गृहमन्त्रीका जानुभएको थियो । आज म पनि जान्छु उहाँहरूसँग । जाउँ न त नारायणकाजीको नाम आइसकेको छ राजीनामा माग्न जाऔँ ।’
पार्टीका नेताहरू आफ्नै सभापति र नेताहरूलाई खुइल्याउन लागि परेको समेत उनले टिप्पणी गरे । ‘साथीहरूले आफ्नै नेतालाई खुइल्याउने,’ उनले भने, ‘आफ्नै सभापतिलाई खुइल्याउने, अनि आफ्नै सभापति र नेतालाई खुइल्याएर म ठूलो हुन्छु भन्ने हो ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया