विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्तिमा राजनीति नगरौँ : प्रसाई
काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईले विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्त गर्दा राजनीति नगर्न आग्रह गरेकी छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै प्रसाईले यस्तो आग्रह गरेकी हुन् ।
पार्टीका कार्यकर्तालाई राजदूत बनाउँदा छवि बिग्रेको बताउँदै उनले भनिन्, ‘विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा र राजदूत नियुक्त गर्दा राजनीतिकरण नगरियोस् । शिक्षा क्षेत्रमा राजनीति गर्न हुन्न । शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ । राजदूत पार्टीका कार्यकर्ता बनाउँदा छवि बिग्रेको छ ।’
उनले राजदूतको नियुक्ति योग्यता र क्षमताका आधारमा हुनुपर्ने बताइन् ।
त्यस्तै, उनले पार्टीको बैठकको प्रत्यक्ष प्रशारण नगर्न पनि आग्रह गरिन् । लाइभ गर्दा खुलेर बोल्न नसकेको उनको भनाइ छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । करिब एक वर्षपछि बसेको बैठकको आज चौथो दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया