दल

सुन तस्करीमा राजनीतिक संलग्नता भन्ने आरोप झुटाे हाे : वामदेव गौतम

इकागज |
साउन ६, २०८० शनिबार १६:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।​

रिपोर्टस क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिनेभन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रूपमा दोषी हुने बताए । आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको समेत जिकिर गरे ।


गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियाे भएको र आफूले गरेका कामलाई सबैले प्रशंसा गरेको दाबी गरे । सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरूले कस्तो जालो फैलाएका रहेछन् भन्ने स्पष्ट भएको उनकाे भनाइ छ ।

फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताए ।​

उनले आफूलाई मोर्चामा सहभागी गराएको भए संविधानमा उल्लेख समाजवादलाई औचित्य पुष्टि गर्ने भए पनि आफूलाई नबोलाएको तर्क गरे ।


Author

थप समाचार
x