नयाँ पार्टी उर्लदो खहरे : रमेश लेखक
फाइल फोटो
रामेछाप- नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दललाई खहरेको संज्ञा दिएका छन् ।
बीपी स्मृति दिवसका अवसरमा रामेछाप आएका प्रमुख सचेतक लेखकले पुराना पार्टीबाट नै निकास निस्कने दाबीसमेत गरेका छन् ।
रामेछापको भंगेरीमा आयोजित वृक्षरोपण कार्यक्रमका लागि प्रमुख अतिथि भएर आएका लेखकले भने, ‘कांग्रेस सुख्खायाम मानिने हिउँदको मंसिर पुसमा पनि उत्तिकै लयमा बग्ने नदी समान पार्टी हो, अरु खहरे हुन्, ती मंसिर आए पछि देखिँदा पनि देखिँदैनन् ।’
पार्टीका संस्थापक बीपी कोइराला कांग्रेसको नेता मात्रै नभएर महामानवसमेत भएको बताउँदै खरेलले हरेक कांग्रेसले बीपीको सिद्धान्तमा हिँड्नु पर्ने र उनका विचार अनुसरण गर्नुपर्नेमा जोड गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया