दल

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल अध्यक्षले भने- सियो छिर्न नदिने एयरपोर्टबाट कसरी छिर्यो त्यत्रो सुन?

इकागज |
साउन ६, २०८० शनिबार १९:६ बजे

फाइल फोटो

काठमाडौं - तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।​

४१औं बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गृहमन्त्रीको अन्तर्गतमा हुने र गृहमन्त्रीलाई थाहा नै नभईकन त्यत्रो परिणामको सुन बाहिर आउन नसक्ने बन्दै उनको राजीनामा मागेका छन् ।


‘अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा सियो पनि छिर्न सक्दैन । नेपाली युवाहरू विदेशबाट आउँदै गर्दा एउटा मिठाइको पोको ल्याउन पाउँदैनन् । एउटा मोबाइल हातमा लिएर छिराउन सक्दैनौँ,' उनले भने, 'विश्व​ले नै थाहा पाउने गरी नेपालको यती ठूलो बदनाम भएको छ। डेढ सय किलो सुन एयरपोर्टबाट बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले बाटोमा पक्रँदै गर्दा विश्वले नेपालको एयरपोर्टमा कस्तो सुरक्षा छ र कति भ्रष्ट छन् भन्ने कुराले बदनाम भएको छ । यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।’

उनले यस प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने बताए ।


Author

थप समाचार
x