कांग्रेसभित्र देखा परेका मतभेदहरू तत्काल हटाउन अतिआवश्यक छ : सभापति देउवा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताएका छन् ।
शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टीभित्र देखा परेका मतभेदलाई अन्त्य गर्न ढिलाइ गर्न नहुने तर्क गरे । लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टी भित्र एकताबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो ।
सभापति देउवाले पार्टीभित्र एकता कायम भए नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी समेत गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया