कम्युनिस्ट पार्टी एकतामा हरेस खानु हुँदैन : माधव नेपाल
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टी एकतामा हरेस खान नहुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्टहरू मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरूबीच एकता गरेर अघि बढ्नुपर्ने बताए ।
कम्युनिस्टहरू मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उनले तर, विभाजितले कम्युनिस्टहरूलाई नै नोक्सान हुने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया