दल

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान

इकागज |
साउन ७, २०८० आइतबार १८:१ बजे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । 

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको हो । 


दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन् । “मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो”,  उनल भनिन्,  “हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ । चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो । ” 

उनका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तक्र्रिया र छलफल गर्ने कार्यक्रम छ । रासस


Author

थप समाचार
x