दल

एकै व्यक्ति लगातार दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गरौँ : राजिव कोइराला

इकागज |
साउन ८, २०८० सोमबार १६:३६ बजे

काठाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालाले एउटा व्यक्ति लगातार मन्त्री चार पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था कांग्रेसले गर्नुपर्ने बताएका छन् । 

सोमबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै कोइरालाले यस्तो प्रस्ताव राखेका हुन् । 


‘पार्टीको विधानमा नै एउटा व्यक्ति लगातार मन्त्री चार पटक र प्रधानमन्त्री दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यसलाई चारलाई घटाएर दुई पनि गर्न सकिन्छ ।’

 केन्द्रीय सदस्य कोइरालाले पार्टीमा एक व्यक्ति एक पद लागू गर्न पनि सुझाव दिएका छन् ।  
 


Author

थप समाचार
x