दल

शेखर कोइरालालाई महामन्त्री शर्माको जवाफ : बैठकमा अन्य पार्टीको विषयमा नबोल्नु भनेर चिट दिएको छैन

इकागज |
साउन ८, २०८० सोमबार १७:३ बजे

काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकमा अन्य पार्टीको विषयमा नबोल्नु भनेर चिट नदिइएको स्पष्ट पारेका छन् । 

सोमबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।


‘पार्टीका आदरणीय अग्रज केन्द्रीय नेता डा. शेखर कोइरालाले अस्ति बोल्दै गर्दा भन्नुभयो– अन्य दलको बारेमा पटक्कै नबोल्नु भनेर चिट दिइयो,’ उनले भने, ‘दिइएको चिट यही हो । सबैको हातमा यही छ । पटक्कै नबोल्नु भन्ने शब्द पनि छैन । अन्य दलको बारेमा नबोल्नु भन्ने पनि छैन । कुन महामन्त्रीले दिनुभयो भन्नुभयो । दिने महामन्त्री मै हो । त्यो लेखिएको छैन ।' अन्य दलको बारेमा पनि आवश्यकता अनुसार अन्य दलबारे चर्चा हुने कुरा समेत उनले स्पष्ट पारे ।

केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकमा कोइरालाले महामन्त्रीहरूले बैठकमा अन्य दलको विषयमा पटक्कै नबोल्नु भनेर चिट दिइएको भन्ने आरोप लगाएका थिए ।


Author

थप समाचार
x