मैले मौन ब्रत राखिदिँदा समस्या समाधान हुँदैन : महामन्त्री थापा
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले नबोल्दैमा पार्टीका समस्या नहुने बताएका छन् । सोमबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जवाफ दिँदै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘लगातार बैठकमा सुन्दै गर्दा मलाई के भान भयो भने हैन पार्टीमा केही समस्यै छैन,’ उनले भने, ‘हामी त ढुक्क भएर बसे हुन्छ । हाम्रा नेताहरूको लोकप्रियता पनि बढी नै रहेको छ । हाम्रो पार्टी पनि उचाइतिर नै लागिरहेको छ । बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीमा जम्मा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ ।’
महामन्त्री थापाले अगाडि भने, ‘सभापतिज्यू ! मलाई के लाग्छ भने यो चिन्तनले हामीलाई दुर्घटनातिर लान्छ । यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर न सबै ठीक छ भन्ने बेलामा हो । यो सम्हालिने बेला हो । यो बेलामा पार्टीले आफूभित्र हेर्नुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया