दल

नागरिकको निराशा देखेर म आत्तिएको छु : महामन्त्री थापा

इकागज |
साउन ८, २०८० सोमबार १७:५७ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकहरूमा चरम निराशा बढेको टिप्पणी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले पछिल्ला दिनमा नागरिकहरूको निराशा देख्दा आफू आत्तिएको बताए । 

‘पछिल्लो दिनमा मैले जे महसुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, ऊ खुसी छ । जो बाहिर जान पाएन, ऊ दुखी छ,’ उनले भने, ‘गाउँको किसानदेखि सहरको ठूलो उद्यम गरिरहेको मान्छे कोही पनि खुसी देखिँदैन । खुसी मात्रै होइन, निराश भएको देख्छु ।’


उनले नागरिकमा देखिएको निराशा एकदमै डरलाग्दो भएको र त्यसको व्यापार भइरहेको बताए । 
 


Author

थप समाचार
x