दल

राजनीतिक रूपान्तरणका लागि 'एग्जिट पोलिसी' अनिवार्य : महामन्त्री शर्मा

इकागज |
साउन ८, २०८० सोमबार १८:२४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि 'एग्जिट पोलिसी'को आवश्यकता रहेको बताएका छन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरूले 'एग्जिट पोलिसी' बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरू भइरहने प्रवृत्तिको अन्त्य हुने जिकिर गरे । राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भए पनि महत्वपूर्ण पदहरूमा भने 'एग्जिट पोलिसी' राख्न जरुरी देखिएको शर्माकाे धारणाछ ।


महामन्त्री शर्माले विभिन्न नयाँ दलहरूले मिसन २०८४ सञ्चालन गरे पनि २०८४ मा २००७ सालको जस्तो क्रान्ती नभइ मात्र निर्वाचन हुने बताए । उनले पार्टीको कुनै सदस्यले कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने बताए ।

महामन्त्री शर्माले कानुन हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरे । उनले एक पटक हारिसकेका व्यक्तिलाई सो भन्दा ठूलो पदमा सोही समयमा राख्न नसक्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए ।


Author

थप समाचार
x