दल

फौजदारी अभियोग लागेको व्यक्ति पार्टीबाट अलग रहनुपर्छ : महामन्त्री थापा

इकागज |
साउन ८, २०८० सोमबार १८:३२ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फौजदारी लागेको व्यक्ति पार्टीबाट हुनुपर्ने बताएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै थापाले फौजदारी अभियोग लागेको व्यक्तिले पार्टीको हितका लागि स्वयं अलग रहनुपर्ने बताएका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नामै नलिई उनले भने, ‘फौजदारी अभियोग लाग्छ भने कुनै पनि व्यक्तिले पार्टीको हित हेरेर पार्टीबाट अलग रहनुपर्छ, जुन बेलासम्म फैसला हुँदैन । यदि अवस्था त्यस्तो नभए पार्टीले निलम्बन गर्नुपर्छ ।’


उनले कांग्रेसले नक्कली भुटानी प्रकरणमा सरकारले चालेको कदमलाई साथ दिनुपर्ने पनि बताए । 
 


Author

थप समाचार
x