दल

सभापति बदल्नुभन्दा म आफैँ बदलिनुपर्छ : उपसभापति गुरुङ

इकागज |
साउन ८, २०८० सोमबार १८:४४ बजे

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवालाई बदल्नुभन्दा पहिला आफू नै बदलिनुपर्ने टिप्पणी गरेका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवाको बचाउ गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

पार्टीलाई अब जुरुक्कै उचालेर जनतासामु लग्नुपर्ने उनले बताए । कांग्रेसलाई जनताको बनाउने यो अभियानमा सबैलाई लाग्न अपील गर्दै उनले भने, ‘यो अभियानमा लाग्दै गर्दा म आफैँ बदलिनुपर्छ । म दृढ छु– म बदलिएर अघि बढ्छु । धेरैले मलाई गाली गर्छन्, नेता बदल्ने कुरा गर भन्छन् । तर, सभापति बदल्नुभन्दा अगाडि त म आफैँ बदलिनुपर्छ भन्ने थाहा छ ।’


महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने बताइरहेका छन् । बैठकमा बोल्ने धेरै केन्द्रीय सदस्यहरूले सभापति देउवाको बचाउ गरेका थिए । 


Author

थप समाचार
x