आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेका होइनौँ : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।
उनले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि जिकिर गरे । उनले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पारे । उनले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्था अनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताए ।
उपसभापति खड्काले नेपाली कांग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताए । उनले समाजवादी मोर्चा कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै भएको बताए ।
कांग्रेस केन्द्रीय समितिको बैठक साउन १० गते साँझ ४ बजे बस्ने गरी आजका लागि स्थगित भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया