दल

मधु आचार्यको प्रश्न - जिन्दगीभर रुखमा भोट हाल भनेर प्रशिक्षण चलाउने चुनावको बेला रुख चिन्ह नभएको मतपत्र पठाउने ?

इकागज |
साउन ९, २०८० मंगलबार १७:२३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु घिमिरेले जिन्दगीभर रुखमा भोट हाल भनेर प्रशिक्षण चलाउने चुनावको बेला रुख चिन्ह नभएको मतपत्र पठाउने त्यो प्रवृति डरलाग्दो भएको बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीले खाली सत्ता मात्रै हेरेको भन्दै सडक पनि हेर्नुपर्ने बताए । 


उनले भने, 'पार्टीले खाली सत्ता हेरेको छ । सडक हेर्नुपर्छ । जनताको संकट कांग्रेसले सुन्दैन भने त्यो चुनौती हो । जनताको संकट कांग्रेसले सुन्दैन भने त्यो चुनौती हो ।' 

अहिलेको चुनौती भ्रष्टाचार भएको उनले बताए । ७ पुस्तालाई पुग्ने कमाउने भन्थे अहिले १४ पुस्ता पुग्ने कमाउने प्रवृति देखियो ।  

आचार्यले चर्चामा आएको भ्रष्टाचारकाण्डको एक एक छानबिन गर्न नसके त्यसले हामीलाई खाने बताए । उनले भने, 'त्यसले यो राजनीति व्यबस्थालाइ नै खान्छ ।'

भ्रष्टाचारको फाइल खोल्न हामी गृहमन्त्रीकहाँ मात्रै होइन प्रधानमन्त्रीकोमा  पनि जाने उनको भनाइ छ । 


Author

थप समाचार
x