दल

माओवादी पदाधिकारी बैठक सकियो, शीर्ष नेताहरूको फेरि बस्ने

इकागज |
साउन १०, २०८० बुधबार ११:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ । 

यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो । 


पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्षनेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताए ।


Author

थप समाचार
x