खाणबारे कांग्रेस कार्यसम्पादन समितिको बैठक मौन
काठमाडौँ– भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने÷नगर्नेबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले कुनै पनि निर्णय गरेको छैन ।
बुधबार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउँदा महामन्त्री विश्वप्रकाश शर्माले यस विषयमा केही पनि बताएनन् । महामन्त्री शर्माले बरु यसबारे अर्का महामन्त्री थापाको लिखित मत रहेकोसमेत सुनाए ।
नेपाली कांग्रेस भ्रष्टाचार नियन्त्रणका र सुशासनको पक्षमा रहेको उनले बताए । भ्रष्टाचार गरे कानुनबमोजिम कारबाही हुनेसमेत उनले बताए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगनकुमार थापालगायत केही नेताले उनलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए । कार्यसम्पादन बैठकमा धेरैले खाणलाई साथ दिनुपर्ने मत राखेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया