निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका उम्मेदवारकाे कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय
काठमाडौँ–नेपाली कांग्रेसको केन्द्रीय समितिले तिनै तहको निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले दर्जन बढी नेता/कार्यकर्ताकाे कारबाही फुकुवा गरेको बताएका हुन् ।
शर्माका अनुसार कर्णली प्रदेशसभा सदस्य देवेन्द्र शाही, मधेश प्रदेशसभा सदस्य जंगीलाल राय, जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै बर्दिबासका वडाध्यक्षहरु भोला खड्का रामसवारत यादव, विजय महतो, विन्देश्वर यादव, अक्कल तामाङ, प्रमोद मोक्तान, लक्ष्मण सिंहको कारबाही फुकुवा गरेको छ । चितवनका दिनेश काेइरालालगायत थुप्रैकाे भने कारबाही फुकुवा गरेकाे छैन ।
महामन्त्रीले निर्णय सुनाइसकेपछि केन्द्रीय सदस्यहरूले कारबाही फुकुवाका लागि अन्य थुप्रै नाम छुटेको भन्दै अन्यको पनि कारबाही फुकुवा गर्न समेत माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया