दल

प्रतिनिधि सभा असभ्य रूपमा सञ्चालन हुन थाल्यो : वामदेव गौतम

इकागज |
साउन १२, २०८० शुक्रबार १४:५९ बजे

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् ।

उनले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको जिकिर गरे । उनले सांसदहरू संसदको नियमावलीलाई बेवास्ता गरी जथाभाबी रूपमा उठेर बोल्ने गरेको बताए ।


गौतमले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे । उनले पुरानो संसद् परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद् बनाएको भन्दै पहिलेकाे भन्दा खराब रूपमा तल झरेर संस्कृतिहीन भएको बताए ।

पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको उनकाे भनाइ छ ।

गौतमले कुनै पनि पार्टीले सांसदहरूलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । उनले सांसदहरूले संसद् आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरूले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए ।


Author

थप समाचार
x