दल

मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प छैन : केपी ओली

इकागज |
साउन १३, २०८० शनिबार १७:२४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएङ्का छन् ।

शनिबार नेपालगंजमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताएका हुन् । ओलीले एमाले बाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको धारण राखे ।


एमाले मिसन ८४ मा केन्द्रित रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टी बहुमत आउने गरी तयारी गर्न निर्देशन दिए । उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याए पनि एमालेको नीतिहरूसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने जिकिर गरे ।

ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सक्रिय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए । 


Author

थप समाचार
x